Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररिलायन्स लाइफको ६३ करोड रुपैयाँको साधारण सेयर भदौ ४ गतेबाट

रिलायन्स लाइफको ६३ करोड रुपैयाँको साधारण सेयर भदौ ४ गतेबाट


काठमाडौं, साउन २९
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ६३ करोड रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले यही भदौ चार गतेबाट जारी पुँजी एक अर्ब ४७ करोड रुपैयाँमध्येबाट ३० प्रतिशतको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी ६३ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।

बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा यही भदौ आठ गते र ढिलोमा यही भदौ २२ गते बन्द हुुनेछ । कम्पनीले जारी गर्ने कुुल सेयरमध्येमा पाँच प्रतिशत अर्थात् तीन लाख १५ हजार कित्ता सामूहिक लगानी कोषको लागि, पाँच प्रतिशत अर्थात् तीन लाख १५ हजार कित्ता कर्मचारीहरूको लागि र बाँकी ५६ लाख ७० हजार कित्ता सर्वसाधारणको छुुट्ट्याइएको छ ।

अधिकृत पुँजी तीन अर्ब र जारी पुँजी एक अर्ब ४७ करोड रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुँजी पनि एक अर्ब ४७ करोड रुपैयाँ नै रहेको छ । साधारण सेयरको बिक्रीपश्चात् भने कम्पनीको चुक्ता पुँजी दुुई अर्ब १० करोड रुपैयाँ नै पुुग्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया