सिटी एक्सप्रेस र इन्जाज साउदीद्वारा विजेताहरूको नाम घोषणा

काठमाडौं, साउन २९
सिटी एक्सप्रेस र इन्जाज साउदीले उपहारविजेताहरूको नाम घोषणा गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो साउदीस्थित सेवाग्राहीहरूलाई लक्षित गर्दै साउदीकै इन्जाज बैंक अल बिलादसँगको सहकार्यमा हरेक कारोबारमा आकर्षक उपहार योजना ल्याएको थियो ।
सो योजना जनवरी ३०,२०२० देखि अप्रिल ३०,२०२० (३ महिना) सम्म चलेको थियो । जसअन्तर्गत योजना अवधि भर ४५ जना विजेताहरूले सिटी म्याक्स सपिङ भौचर, २४ जनाले ५ ग्राम सुनका सिक्का र अन्त्यमा ६ जना भाग्यशाली विजेताहरूले हवाइ टिकट जित्न सक्ने योजनामा रहेको थियो । सोही योजनाअनुरूप साउदीमा कार्यरत विकास थडराई, गोविन्द नेपाली, पूर्णबहादुर रिमाल, होमराज सापकोटा र किस्मत सार्कीले बम्पर उपहारस्वरूप हवाइ टिकट जित्न सफल भएका छन् । यस कोभिड १९ महामारीको कारणले हवाइ टिकटको सट्टामा विजेताहरूले दुुई हजार साउदी रियालप्राप्त गरेको छन् ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचा नबनाउँदै विगत १४ वर्षदेखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेसिया, अष्ट्रेलिया, आदि थुप्रै देशहरूमार्फत विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेको आठ हजार पाँच सयभन्दा बढी भुक्तानी केन्द्रहरूमार्फत छिटो, सहज र सुरक्षिततरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।
ताजा अपडेट
- अर्बपति बिल गेट्ससँग २ लाख ४२ हजार एकड जमिन
- चीनको खानीमा फसेका श्रमिक छ दिनपछि जीवितै रहेको संकेत भेटियो
- चीनले पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर बनायो
- किन घटेन रेमिट्यान्स आय ?
- जनसङ्ख्या व्यवस्थापनमा चुनौती
- शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अब अनलाइनबाटै ‘अपोइन्टमेन्ट’
- वृज सिमेन्टद्वारा नेपाल स्टारका सिद्धान्त खड्कालाई आवास निर्माणमा सहयोग
- टाटा मोटर्स स्वावलम्बी अभियान सार्वजनिक
धेरैले पढेको
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- विद्यार्थीलाई न्यानो कपडा वितरण
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- निःशुल्क स्वास्थ्य शिविर
- डिजिटल नेपाल र शिक्षा क्षेत्र
- लिवाङको आर्मी ब्यारेक परिसरमा ग्लोबल आईएमई बैंकको एटीएम सेवा
- सडकलाई स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराउनैपर्ने सरकारको निर्णय
- अंग्रेजी नयाँ वर्षमा कालिञ्चोकमा १० हजार पर्यटक
तपाईको प्रतिक्रिया