Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहुुली लघुुवित्तको नाफा दुुई करोड

महुुली लघुुवित्तको नाफा दुुई करोड


काठमाडौं, साउन ३०
महुली लघुुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा दुुई करोड ८६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा पाँच करोड तीन लाख ९८ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १२ करोड २४ लाख रुपैयाँ रहेको संस्थाले गत आवको चौंथो त्रैमासिक अवधिमा एक अर्ब आठ करोड ८१ लाख ५८ हजार रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ३४ करोड पाँच लाख ५२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १७ करोड ६८ लाख पाँच हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका संस्थाको प्रोभिजन रकम चार करोड ३२ लाख दुई हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुुपात दुई दशमलव छ प्रतिशत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा संस्थाले ८८ करोड ३४ लाख ९१ हजार रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब छ करोड ३० लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ करोड ७३ लाख ३६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड नौ लाख ३६ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ८८ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया