Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररिलायन्स फाइनान्स र एफवान सफ्टबीच मोबाइल बैंकिङका लागि सम्झौता

रिलायन्स फाइनान्स र एफवान सफ्टबीच मोबाइल बैंकिङका लागि सम्झौता


काठमाडौं, साउन ३०
रिलायन्स फाइनान्स र एफ वानसफ्टबीच सम्झौता भएको छ । फाइनान्सले मोबाइल बैंकिङ सेवाका लागि एफवान सफ्ट इन्टरनेसनलसँग सम्झौता गरेको हो । सम्झौतामा रिलायन्स फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ, सिनियर म्यानेजर केशवप्रसाद खनाल र एफवान सफ्ट इन्टरनेसनलका प्रमुुख कार्यकारी अधिकृत सुवास शर्माको उपस्थितिमा हस्ताक्षर भएको हो ।

सम्झौतासँगै एफवान सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले भने, रिलायन्स फाइनान्ससँग हामी पहिलो पटक सहकार्य गर्न पाउँदा अत्यन्त खुसी छौं । हामी हाम्रा साझेदारहरूलाई उत्कृष्ट उत्पादन र सेवाहरू उपलब्ध गराउन प्रतिबद्ध छौँ । सन् २००४ देखि नै एफवान सफ्टको मुख्य ध्यान बैंकिङ कारोबारसँग सम्बन्धित (वित्तीय प्रविधि) उत्पादनहरूको विकास गर्नु रहेको छ ।

एफवान सफ्ट मोबाइल बैंकिङ र मोबाइल वित्तीय सेवामा नेपालमा पायोनियर कम्पनी हो । नेपालका ९५ प्रतिशतभन्दा धेरै बैंक तथा वित्तीय संस्थाका लागि सेवा दिने नेपालको अग्रणी कम्पनी हो । एफवान सफ्टले ५१ वटा सदस्य बैंकमार्फत एक करोड १० लाख ग्राहकलाई सेवा पु-याउँदै आएको छ । मोबाइलबाट हुने ८५ प्रतिशत भुक्तानी कम्पनीको नेटवर्कबाट हुनेगरेको छ ।

रिलायन्स फाइनान्स नेपालमा वित्तीय सेवा दिनका लागि २०६६ सालमा स्थापित नेपाल राष्ट्र बैंकबाट अनु्मति प्राप्त ‘सी’ वर्गको वित्तीय संस्था हो । बैंक तथा वित्तीय संस्था (बाफिया) ऐन २०६३ अन्तर्गत नेपालको ८४औं फाइनान्स कम्पनीका रूपमा सुरू भएको थियो । विशेषगरी कोरोना भाइरस महामारीको समयमा मोबइल बैंकिङ डिजिटल कारोबारका लागि प्रभावकारी र लाभदायक हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया