Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ र कामना सेवा विकास बैंकबीच सम्झौता

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ र कामना सेवा विकास बैंकबीच सम्झौता


काठमाडौं, साउन ३०
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) र कामना सेवा विकास बैंकबीच सम्झौता भएको छ । सम्झौताअनुसार एक्यानमा आबद्ध सदस्यहहरूलाई बिनाधितोमा प्रोफेसनल कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता भएको हो । सम्झौतामा कामना सेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका तर्फबाट अध्यक्ष आनन्दराज शर्मा वाग्लेले हस्ताक्षर गरेका हुुन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ विसं २०३५ सालमा स्थापना भएको गैरनाफामूलक, गैरराजनीतिक तथा नेपाली चार्टर्ड एकाउन्टेन्ट्सहरूको एक मात्र पेसागत संघ हो । यसको मुख्य उद्देश्य देशमा लेखा व्यवसायको संरक्षण एवं संवर्द्धन गरी सुव्यवस्थित एवं सुचारुरूपले लेखा व्यवसाय सञ्चालन गराउने तथा सदस्यहरूको सामूहिक हितको संरक्षण गर्नु हो । यो संघ चार्टर्ड एकाउन्टेन्टहरूको छाता संगठन भएकोले लेखापरीक्षण, लेखा तथा लेखामान, करपरीक्षण, कर परामर्श, कानुनी परामर्श आदि विषयमा विज्ञहरूको जम्मा हुने थलो हो ।

द्विपक्षीय समझदारीपत्रअनुसार एक्यानका सदस्यहहरूलाई सरल तरिकाबाट बैंकको एक सय २४ शाखाबाट एकै दिनमा बिनाधितोमा १५ लाखसम्मको प्रोफेसनल कर्र्जा प्रदान गरिनेछ । यो सम्झौतापछि एक्यानका सदस्यहरूले व्यक्तिगत आवश्यकताहरू पूरा गर्नको लागि बिनाधितोमा सहुलियतपूर्ण बैंकिङ सुविधा (कर्जा) लिन सहज हुने कुरामा आफू विश्वस्त रहेको संघका उपाध्यक्ष रमेश धितालले जानकारी गराए ।

साथै, एक्यानमा आबद्ध सदस्यका श्रीमतीद्वारा सञ्चालित व्यापार व्यवसायलाई समेत सहुलियतपूर्ण कर्जा प्रवाहको लागि समझदारी भएको धितालले जानकारी गराए । आगामी दिन यसका साथै अन्य बैंक तथा वित्तीय संस्थासँग समेत समझदारीको लागि छलफल भैरहेको धितालले जानकारी गराए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया