Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारकुुमारी बैंकले तीन अर्ब रूपैयाँको ऋणपत्र जारी गर्ने

कुुमारी बैंकले तीन अर्ब रूपैयाँको ऋणपत्र जारी गर्ने


काठमाडौं, पुस
कुमारी बैंकले तीन अर्ब रूपैयाँबरारबको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले यही पुुस १४ गतेबाट बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडमार्फत एक हजार रूपैयाँ अंकित मूल्य कायम रहने गरी ३० कित्ता ऋणपत्र जारी गर्न लागेको हो । वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदर तोकिएको केबीएल डिबेञ्चर २०८६ को बिक्री बन्द हुुने मिति छिटोमा पुुस १७ गते र बिक्री बन्द हुुने मिति माघ १४ गते तोकिएको छ । बैंकका अनुुसार सर्वसाधारणहरूले न्यूनतम २५ देखि अधिकतम १२ लाख कित्तासम्मको ऋणपत्र खरिद गर्न सक्नेछन् । बैंकका अनुसार तीन अर्बमध्ये एक अर्ब २० करोड रूपैयाँबराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण र बाँकी रहेको एक अर्ब ८० करोड रूपैयाँबराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया