Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारएनसीसी बैंकको १५ प्रतिशत बोनस सेयर

एनसीसी बैंकको १५ प्रतिशत बोनस सेयर


काठमाडौं, पुस ८
नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) ले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । बैंकले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट १५ प्रतिशतले हुुन आउने एक अर्ब २२ करोड ७६ हजार एक सय २३ रूपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको शून्य दशमलव ७८ प्रतिशत अर्थात् छ करोड ४२ लाख १४ हजार पाँच सय ३३ रूपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषण गरेको हो । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही पुुस छ गते बसेको सात सय ७७औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया