Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकृषि विकास बैंक र ई–सेवा मनि ट्रान्सफरबीच सम्झौता

कृषि विकास बैंक र ई–सेवा मनि ट्रान्सफरबीच सम्झौता


काठमाडौं, भदौ ४
कृषि विकास बैंक र ई–सेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै अब ई–सेवा मनि ट्रान्सफरमार्फत विदेशबाट नेपाल पठाएको रकम कृषि विकास बैंक लिमिटेडका नेपालभर रहेका कुनै पनि शाखाहरूबाट सहजरूपमा भुक्तानी लिन सकिनेछ । सम्झौतापत्रमा कृषि विकास बैंकका तर्फबाट उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने र ई–सेवा मनि ट्रान्सफरको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक अजेश कोइरालाले हस्ताक्षर गरेका हुुन् ।

सम्झौतापश्चात् बैंकका उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेले बैंक र ई–सेवाबीच पहिलेदेखि नै विभिन्न माध्यमबाट सहकार्य भइरहेकोमा अब रेमिट्यान्स् कारोबारमार्फत पनि सहकार्य अगाडि बढ्न लागेकोमा खुसी लागेको बताए । उनले विषम परिस्थितिमा पनि रेमिट्यान्स् कार्यक्रमलाई अगाडि बढाएकोमा ई–सेवा मनिट्रान्सफर र बैंकको डिजिटल बैकिङ विभागका टिमलाई धन्यावाद दिए । सम्झौता कार्यक्रममा ई–सेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले कृषिविकास बैंकजस्तो व्यापक सञ्जाल भएको बैंकसँग विष्रेषण कारोबारको लागि सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

कार्यक्रममा कृषि विकास बैंक डिजिटल बैंकिड विभागका विभागीय प्रमुख बाशुु अधिकारीले स्वागत मन्तव्य राख्दै कृषि विकास बैंक पनि डिजिटल माध्यमबाट ग्रामीण क्षेत्रमा आफ्नो पहुँच विस्तार गर्न अगाडि बढिरहेको र यसै क्रममा ई–सेवा मनि ट्रान्सफरसँग विष्रेषण सम्झौता भएको बताए । कार्यक्रममा कृषि विकास बैंक डिजिटल बैकिङ विभागका कृष्णप्रसाद नेपाल, शान्तिप्रसाद रिजाल र ई–सेवा मनि ट्रान्सफरका अविनाश थापालगायतको उपस्थिति थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया