Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमई लाइफको प्रमुख कार्यकारी अधिकृतमा फुयाँल

आईएमई लाइफको प्रमुख कार्यकारी अधिकृतमा फुयाँल


काठमाडौं, भदौ ८
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा कवि फुयाँल नियुक्त भएका छन् । फुयाँलले आफ्नो करियर बैंकिङ सेवाबाट सुरुवात गरेका थिए । पछिल्लो समयमा फुयाँल विभिन्न बीमा कम्पनीमा उच्च व्यवस्थापकीय पदमा कार्यरत रहेको आईएमई लाइफले जानकारी दिएको छ ।

आइतबार नै कम्पनीको सञ्चालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदको सपथ गह्रण गर्दै फुयाँलले आफूसँग रहेको कार्य अनुभवको प्रचुररुपमा प्रयोग गरी कम्पनीलाई नयाँ आयाम दिई जीवन बीमा कम्पनीहरूमध्ये उत्कृष्ट स्थान हासिल गर्न आफू सदैव प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साथै कम्पनीलाई हालसम्म सहयोग पु-याउने नियमनकारी निकायहरू बीमा समिति, कम्पनी रजिष्टारको कार्यालय तथा कम्पनीको सञ्चालक समिति, संस्थापक सेयरधनीहरू, अभिकर्ता, शुभचिन्तकलगायत सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद दिँदै आगामी दिनहरूमा समेत सहयोग गरिदिन समेत अनुुरोध गरेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया