Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसूर्योदय लघुुवित्तको नाफा बढ्यो

सूर्योदय लघुुवित्तको नाफा बढ्यो


काठमाडौं, भदौ ९
सूर्योदय लघुुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा चार करोड २४ लाख ५६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड ६१ लाख ६१ हजार रुपैयाँ रहेको थियो ।

हाल चुुक्ता पुँजी २१ करोड ५० लाख ४२ हजार रुपैयाँ रहेको संस्थाले गत आवको चौथो त्रैमासिक अवधिमा एक अर्ब १० करोड ५१ लाख ३० हजार रुपैयाँ निक्षेप संंकलन गरी दुुई अर्ब ६२ करोड ९३ लाख ६४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २० करोड सात लाख ७१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम पाँच करोड ७७ लाख ५९ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ८४ प्रतिशत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा संस्थाले ६१ करोड ३९ लाख ७८ हजार रुपैयाँ निक्षेप संंकलन गरी एक अर्ब ५६ करोड ८० लाख ५९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १० करोड ५८ लाख चार हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ८७ लाख ६२ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ९२ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया