नबिल बैंकको नबिल सजिलो एक्सप्रेस कर्जा योजना
काठमाडौं, पुस ८
नबिल बैंकले साना तथा मझौला उद्यम कर्जाको नयाँ प्रस्तुतिका रूपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना सार्वजनिक गरेको छ । कर्जासम्बन्धी निर्णय प्रकृयालाई गति दिँदै जोखिममा आधारित मूल्यांकन सहित क्रेडिट स्कोरिङ मोडल कर्जा आंकलन ढाँचाका आधारमा यो योजना आरम्भ गरिएको बैंकले जानकारी दिएको छ । सरल र शीघ्र प्रशोधनसहित अधिकतम १० दशमलव पाँच प्रतिशतको ब्याजदरमा यो कर्जा उपलब्ध हुनेछ ।
साना तथा मझौला उद्यमको विकासका निम्ति नबिल बैंक र यूकेएड सक्षम एक्सिज टुु फाइनान्ससँग मिलेर सहकार्य गरिरहेका छन् । यसैको परिणामस्वरूप नबिल सजिलो कर्जा र नबिल नारी कर्जा योजना ल्याइएको हो । यी साना तथा मझौला कर्जा योजनाको सफलतापछि नबिल बैंकले नबिल सजिलो कर्जाकै स्तरोन्नतिका रूपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना सार्वजनिक गरेको छ ।
क्रेडिट स्कोरिङ विधिको प्रयोग गर्दै कर्जा स्वीकृत गर्ने तथा ब्याजदर तोक्ने नबिल बैंक पहिलो बैंक बन्न पुगेको छ । यसबाट साना तथा मझौला उद्यमका ग्राहकका लागि ७५ लाख रूपैयाँसम्मको कर्जा प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध गराइनेछ । ऋणीको कर्जा आवेदनमा शीघ्र निर्णय लिँदै आवेदन प्राप्त भएको ३५ घण्टाभित्र स्वीकृति प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको बैंकले जानकारी दिएको छ ।
नबिल सजिलो एक्सप्रेस कर्जा योजना निःशुल्क कारोबार सूचना, निःशुल्क मासिक विद्युतीय बैकिङ विवरण, व्यवसायको मुख्य मानिसलाई निःशुल्क क्रेडिट कार्ड हस्तान्तरणका साथै ३५ घण्टाभित्र निर्णय दिइसकिने आकर्षक प्याकेजका साथ आएको छ । योजनाको शुभारम्भ अवसरमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, ‘यस क्षेत्रमा नबिल बैंक पहिलो स्थानको बैंकको रूपमा मान्यता प्राप्त छ र साना तथा मझौला उद्यम ग्राहक तथा व्यवसायका लागि पनि हामी शीर्ष स्थानमा नै रहन चाहन्छौँ ।
अतः हामीले कर्जा प्रशोधन प्रकृयालाई छिटोछरितो, सहज र सरल बनाउने दिशामा नबिल सजिलो एक्सप्रेस कर्जाजस्ता रचनात्मक योजनाहरू अघि सार्दै साना तथा मझौला उद्यमका ग्राहकको पहिलो रोजाइ बन्नेछौँ ।’ साथै, सक्षमका टिम लिडर श्री निर्मल दाहालले यस अवसरमा भने ‘साना तथा मझौला उद्यमका लागि योजना र प्रकृयामा रचनात्मकता ल्याउनु मुख्य सूत्र हो ।
यी उद्यमको कर्जा आवेदन फारमको प्रशोधनका निम्ति अंकन विधि अँगालेबाट नबिलले कर्जा निर्णय प्रकृयामा थप वस्तुनिष्ठता ल्याउन सघाउनेछ । यसबाट अन्ततः नेपालको साना तथा मझौला उद्यम क्षेत्रलाई लाभ मिल्नेछ । नबिल बैंकले आफ्नो देशभर ९३ वटा शाखा कार्यालयहरू, एक सय ४२ एटीएम र १५ सयभन्दा धेरै नबिल रेमिट एजेन्टहरूसहित विभिन्न देशमा रहेका ऐजेन्टको बृहत् सन्जालमार्फत निरनतर गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया