ग्लोबल आईएमई लघुुवित्तको नाफा सात करोड ७९ लाख
काठमाडौं, भदौ १०
ग्लोबल आईएमई लघुुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा सात करोड ७९ लाख ३८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा छ करोड ८१ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २५ करोड ९५ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाले गत आवको चौथौ त्रैमासिक अवधिमा एक अर्ब ३१ करोड ७३ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ६२ करोड ४१ लाख १५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २६ करोड ९६ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम आठ करोड १८ लाख ९५ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपत एक दशमलव ९४ प्रतिशत रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा संस्थाले ८७ करोड ४६ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब १८ करोड ८३ लाख ६८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ करोड ३१ लाख ५७ हजार रुपैयाँ खुुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुुई करोड ४९ लाख २० हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ४३ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
- राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह
- राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता
- कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत
- प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा प्रकाश दाहाल स्मृति भलिबल प्रतियोगिता हुने
- कतारका अमिर शेखको स्वागतमा सांस्कृतिक भेषभूषामा नेपाली
- कतारका अमिरको भ्रमणमा श्रम सम्झौता नवीकरण एउटा मुद्दा, नेपाल के चाहन्छ ?
- मोटरसाइकल दुर्घटनामा धनुषाका पत्रकार यादवको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया