एनएमबी बैंकको बीमा रकम भुक्तानी
काठमाडौं, पुस ८
एनएमबी बैंकले गोरखा जिल्ला भिमसेन गाँउ पालिका, वडा नं. ३ तान्द्राङ निवासी श्रीमती गंगादेवी सापकोटालाई निजको छोराको जीवन बीमाबापतको क्षतिपूर्ति बीमा रकम सात लाख रूपैयाँ हस्तान्तरण गरेको छ । बैंकका कार्यकारी अधिकृत सुनिल केसी तथा प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरे तथा प्रदेश ४ का प्रदेश प्रमुख, गणेश पराजुलीको उपश्थितिमा गोरखास्थित बैंकका जेष्ठ संस्थापक सदस्य धिरजबहादुर मास्केले उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुुन् । निजको छोरा भुवन सापकोटाको २०७६, श्रावण २६ गते आरुघाट गाउपालिका, आरु आर्वाङको वायाक टोलमा बिजुलीको तार टाँग्ने क्रममा दुर्घटना भई मृत्यु भएको थियो । निजले आरुघाटस्थित एनएमबी बैंकबाट बचत कारोबार गर्दै आएका थिए । हाल बैंकले सबै क्षेत्रमा एक सय ६३ वटा शाखा, एक सय २८ वटा एटीएम र पाँच वटा एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया