नेपाल बंगलादेश बैंकको २५औं वार्षिक साधारणसभा
काठमाडौं, पुस ८
नेपाल बंगलादेश बैंक लिमिटेडको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले सोमबार राजधानी काठमाडौँंमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले गत आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई पाँच प्रतिशत बोनस सेयर र सात प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने करसहित) दिने प्रस्ताव स्वीकृत गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष जलाल अहमदको सभापतित्वमा सम्पन्न भएको उक्त सभाले बैंकको उद्देश्यसँग सम्बन्धित प्रबन्धपत्रमा रहेका दफाहरूको संशोधन पनि स्वीकृत गरेको छ । समीक्षा अवधिमा बैंकको कुल निक्षेप २४ दशमलव ५५ प्रतिशतले बढेर ५९ अर्ब ७६ करोड रूपैयाँ पुुगेको छ भने कुल कर्जा २९ दशमलव १६ प्रतिशतले बढेर ५५ अर्ब ७२ करोड रूपैयाँ पुगेको छ । यस अवधिमा बैंकको वासलातको आकार भने २४ दशमलव २४ प्रतिशतले बढेर ७६ अर्ब २५ करोड रूपैयाँ पुुगेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया