Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक चार अंकले ओरालो लाग्यो

बजार परिसूचक चार अंकले ओरालो लाग्यो


काठमाडौं, भदौ १२
सेयर बजार परिसूचक ओरालो लागेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक चार अंकले ओरालो लागेर १४ सय ५८ दशमलव चार अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६४ अंकले ओरालो लागेर दुुई सय ९७ दशमलव १० अंकमा झरेको छ ।

यसदिन कुुल एक सय ८८ कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुुसार २८ हजार तीन सय ८५ वटा कारोबारमा ४९ लाख ६७ हजार चार सय तीन कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब ९८ करोड १७ लाख ६१ हजार ५० रुपैयाँ पुुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये तीनवटा समूहको सूचक उकालो लागेका छन् भने बाँकी नौवटा समूहको सूचक ओरालो लागेका छन् ।

यसमध्ये वाणिज्य बैंक समूहको सूचक चार दशमलव छ अंकले ओरालो लागेर १२ सय २० दशमलव ४७ अंकमा पुुगेकोमा विकास बैंक समूहको सूचक पनि २१ दशमलव ८९ अंकले ओरालो लागेर १७ सय ५८ दशमलव ६६ अंकमा पुुगेको छ । जलविद्युुत् समूहको सूचक पनि सात दशमलव १७ अंकले ओरालो लागेर नौ सय ६९ दशमलव ९८ अंकमा पुुगेको छ भने लघुुवित्त समूहको सूचक २३ दशमलव पाँच अंकले ओरालो लागेर २४ सय ७२ दशमलव ६२ अंकमा पुुगेको छ ।

यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः १४ दशमलव तीन, २१ दशमलव ५५, तीन दशमलव २७, शून्य दशमलव ४६ र शून्य दशमलव शून्य सात अंकले ओरालो लागेका छन् । निर्जीवन बीमा समूहको सूचक भने यसदिन १९ दशमलव ७३ अंकले उकालो लागेर सात हजार दुुई सय ८३ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि ११ दशमलव पाँच अंकले उकालो लागेर नौ हजार एक दशमलव ७४ अंकमा पुगेको छ । यसैगरी उत्पादनमूलक समूहको सूचक पनि ४१ दशमलव १६ अंकले उकालो लागेको छ ।

यसदिन बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य नौ रुपैयाँ ८२ पैसाले बढेर तीन सय ६९ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको दिव्येश्वरी हाइड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य पाँच रुपैयाँ ८४ पैसाले बढेर ५२ रुपैयाँमा कारोबार भएको छ ।

यीबाहेक शिवम् सिमेन्ट, बरुण हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सामुुदायिक लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य चार रुपैयाँ सात पैसाले घटेर आठ सय २५ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको गुराँस लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य चार रुपैयाँ चार पैसाले घटेर आठ सय सात रपैयाँमा कारोबार भएको छ । यीबाहेक बेष्ट फाइनान्स, महालक्ष्मी विकास बैंक आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता सात सय आठ रुपैयाँ अन्तिम मूल्यमा २२ करोड ४६ लाख ८० हजार एक सय १० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेको इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सात सय ७० रुपैयाँ अन्तिम मूल्यमा १२ करोड २३ लाख ७४ हजार छ सय २३ रुपैयाँको कारोबार भएको छ । यीबाहेक एनआईसी एसिया बैंक, एनएमबी बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया