Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक १४ सय ५८ बिन्दुमा

बजार परिसूचक १४ सय ५८ बिन्दुमा


काठमाडौं, भदौ १४
यस साता सेयर बजार परिसूचक १४ सय ५८ दशमलव चार अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुुई सय ९७ दशमलव १० अंकमा पुुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा एक सय ७९ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुसार एक लाख ३१ हजार दुुई सय ५१ वटा कारोबारमा दुई करोड २२ लाख १३ हजार एक सय ४५ कित्ता सेयर खरिदबिक्री हुुँदा कारोबार रकम नौ अर्ब ७४ करोड तीन लाख ६० हजार नौ सय ६२ रुपैयाँ पुुगेको छ ।

यो कारोबार रकम गत साताको तुलनामा निकै बढी हो । गत भने साता धितोपत्र बजारमा एक सय ७६ कम्पनीहरूको कारोबार भएका थिए । जसअनुसार ८१ हजार दुुई सय ३४ वटा कारोबारमा एक करोड ५७ लाख ६६ हजार दुई सय ५७ कित्ता सेयर खरिदबिक्री हुुँदा कारोबार रकम चार अर्ब ९४ करोड २६ लाख ३५ हजार रुपैयाँ पुगेको थियो ।

यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्यदिन नै खुला रहेको थियो । सोमध्ये पहिलो, दोस्रो, तेस्रो र चौथो दिन बजार परिसूचक लगातार उकालो लागेको थियो पाँचौँ दिन बजार परिसूचक ओरालो लागेको थियो । यसमध्ये पहिलो दिन बजार परिसूचक १२ दशमलव ७७ अंकले उकालो लागेर १४ सय १० दशमलव ३४ अंकमा चढेकोमा ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स एक दशमलव १९ अंकले उकालो लागेर दुई सय ८९ दशमलव ५५ अंकमा चढेको थियो ।

दोस्रो दिन पनि बजार परिसूचक २१ दशमलव २६ अंकले उकालो लागेर १४ सय ३१ दशमलव ६० अंकमा चढ्दा सेन्सिटिभ इन्डेक्स तीन दशमलव ५९ अंकले उकालो लागेर दुुई सय ९३ दशमलव १४ अंकमा चढेको थियो । तेस्रो दिन पनि बजार परिसूचक नौ दशमलव ३४ अंकले उकालो लागेर १४ सय ४० दशमलव ९४ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स शून्य दशमलव ८३ अंकले उकालो लागेर दुुई सय ९३ दशमलव ९७ अंकमा चढेकोे थियो ।

यसैगरी चौथो कारोबार दिन पनि बजार परिसूचक २१ दशमलव एक अंकले उकालो लागेर १४ सय ६२ दशमलव तीन अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स चार दशमलव ७७ अंकले उकालो लागेर दुई सय ९८ दशमलव ७४ अंकमा चढेको थियो । साताको अन्तिम कारोबार दिन भने बजार परिसूचक चार अंकले ओरालो लागेर १४ सय ५८ दशमलव चार अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६४ अंकले ओरालो लागेर दुई सय ९७ दशमलव १० अंकमा झरेको थियो ।

यस साता नेपाल पुर्नबीमा कम्पनी, एनएमबी बैंक, नेपाल बैंक, एनआईसी एसिया बैंक आदिको बढी रकम कारोबार भएका छन् भने सेयर कारोबार भएको संख्याका आधारमा एनएमबी बैंक, नेपाल बैंक, नेपाल पुनर्बीमा कम्पनी आदि अगाडि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतका कम्पनीहरू अगाडि परेका छन् । सूचीकरणतर्फ भने यस साता सामुदायिक लघुवित्त वित्तीय संस्था, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, सप्तकोसी डेभलपमेन्ट बैंक आदिको बोनस सेयर सूचीकृत भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया