Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआशा लघुुवित्तले कमायो तीन करोड ८१ लाख

आशा लघुुवित्तले कमायो तीन करोड ८१ लाख


काठमाडौं, भदौ १४
आशा लघुुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा तीन करोड ८१ लाख दुुई हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड ९५ लाख ८५ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी २३ करोड २२ लाख ८८ हजार रुपैयाँ रहेको संस्थाले गत आवको चौथो त्रैमासिक अवधिमा ८१ करोड ८९ लाख २७ हजार रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ३४ करोड ४६ लाख १८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १६ करोड ४५ लाख २८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड ५३ लाख ११ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुुपात दुुई दशमलव ९८ प्रतिशत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा संस्थाले ४९ करोड ७६ लाख ११ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ८९ करोड २६ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड ५८ लाख १४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड आठ लाख ४१ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ४९ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया