Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमानुषी लघुुवित्तको नाफामा उच्च गिरावट

मानुषी लघुुवित्तको नाफामा उच्च गिरावट


काठमाडौँ, भदौ १६
मानुषी लघुुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा चार लाख ७९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड २१ लाख १७ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी सात करोड रुपैयाँ रहेको संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा ५५ करोड २३ लाख नौ हजार रुपैयाँ निक्षेप संकलन गरी ७९ करोड ३७ लाख २२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड २८ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड ५१ लाख ५२ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव प्रतिशत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा संस्थाले ४६ करोड ४५ लाख पाँच हजार रुपैयाँ निक्षेप संकलन गरी ८० करोड नौ लाख २९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ८३ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ६९ लाख २२ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ६३ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया