Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारधौलागिरी लघुुवित्तको नाफा ८८ लाख १९ हजार

धौलागिरी लघुुवित्तको नाफा ८८ लाख १९ हजार


काठमाडौँ, भदौ १७
धौलागिरी लघुुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६, ०७७ मा ८८ लाख १९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ४९ लाख आठ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी सात करोड रुपैयाँ रहेको संस्थाले आव २०७६, ०७७ मा ४६ करोड छ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरी ७९ करोड १६ लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा सात करोड ९६ लाख ५५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ९३ लाख आठ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव २२ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले ४३ करोड चार लाख ३४ हजार रुपैयाँ निक्षेप संकलन गरी ५६ करोड ५२ लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड नौ लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ५५ लाख २९ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव ४५ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया