Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआइतबार भएका मल्टिपल कारोबारहरू रद्द हुुने

आइतबार भएका मल्टिपल कारोबारहरू रद्द हुुने


काठमाडौँ, भदौ १७
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा आइतबार भएका मल्टिपल कारोबारहरू रद्द हुुने भएका छन् । नेप्सेको व्यवस्थापन प्रणालीमा समस्या आउँदा उक्त दिन बिक्रीको लागि राखिएको एउटै सेयर तीन पटकसम्म बिक्री भएको थियो भने खातामा नभएको सेयरसमेत बिक्री भएको थियो । यसरी बिक्री भएको कारोबारहरू रद्द गरिने निर्णय गरिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिएका छन् ।

उक्त दिन भएको कारोबारमध्ये बाँकी कारोबार यथावत राखेर मल्टिपल कारोबार भएको सेयरहरू मात्र रद्द हुन्छ, प्रमुुख कार्यकारी साउदले भने । नेप्सेको व्यवस्थापन प्रणालीमा समस्या आउँदा आइतबार झण्डै दुई सवा दुुई घण्टा नेप्सेको नियमित कारोबार अवरुद्ध भएको थियो । सोही कारण सामान्य अवस्थामा ११ बजेर खुुलेर तीन बजे बन्द हुुने नियमित कारोबार कक्ष अपरान्ह तीन बजेपछि मात्र खुुलेको थियो । उक्त दिन नेप्से सवा पाँच बजेसम्म खुला रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया