Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार१५ सय अंकबाट पनि उकालो लाग्यो सेयर बजार

१५ सय अंकबाट पनि उकालो लाग्यो सेयर बजार


काठमाडौं, भदौ १८
सेयर बजार परिसूचक उच्च अंकले उकालो लागेको छ । यसदिन बजार बजार परिसूचक २५ दशमलव ५८ अंकले उकालो लागेर १५ सय १० दशमलव ५७ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव २५ अंकले उकालो लागेर तीन सय चार दशमलव ६० अंकमा चढेको छ । यसदिन एक सय ८६ कम्पनीहरूको कारोबार भएको छ । जसअनुुसार ४५ हजार दुुई सय ७२ वटा कम्पनीहरूको ९६ लाख ८६ हजार नौ कित्ता सेयर खरिदबिक्री हुंदा कारोबार रकम चार अर्ब १८ करोड १० लाख ३६ हजार एक सय १५ रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार दुुई वटा समूहको सूचक ओरालो लागेको छ भने १० वटा समूहको सूचक उकालो लागेको छ । यसदिन वाणिज्य बैंक समूहको सूचक १९ दशमलव ७८ अंकले उकालो लागेर १२ सय ३७ दशमलव ७६ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक २६ दशमलव ४५ अंकले उकालो लागेर १७ सय ८६ दशमलव १५ अंकमा चढेको छ । जलविद्युुत् समूहको सूचक पनि ९४ दशमलव २२ अंकले उकालो लागेर ११ सय सात दशमलव २० अंकमा चढेकोमा लघुुवित्त समूहको सूचक पनि १७ दशमलव २८ अंकले उकालो लागेर २५ सय दशमलव ८४ अंकमा चढेको छ ।

यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः १५ दशमलव ८४, एक दशमलव दुुई, सात दशमलव ७५, ३१ दशमलव ४२, ३७ दशमलव ११ र शून्य दशमलव शून्य आठ अंकले उकालो लागेका छन् । निर्जीवन बीमा समहुको सूचक भने एक सय २५ दशमलव ८९ अंकले ओरालो लागेर सात हजार चार सय दुुई दशमलव नौ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक ८८ दशमलव ६८ अंकले ओरालो लागेर नौ हजार दुुई सय १९ दशमलव ७१ अंकमा चढेको छ ।

यसदिन बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको अपी पावर लिमिटेडको सेयर मूल्य १० रुपैयाँले घटेर एक सय ३२ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको अरुणभ्याली हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि १० रुपैयाँले बढेर एक सय १० रुपैयाँमा किनबेच भएको छ । यीबाहेक राधी जलविद्युुत् कम्पनी, जोशी हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् ।

गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको प्रभु इन्स्योरेन्स कम्पनीको सेयर मूल्य चार रुपैयाँ ४१ पैसाले घटेर पाँच सय ८५ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य चार रुपैयाँ एक पैसाले घटेर पाँच सय २७ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक मल्टिपर्पोस फाइनान्स, नेको इन्स्योरेन्स कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता नौ सय एक रुपैयाँ अन्तिम मूल्यमा ६७ करोड ४२ लाख ४२ हजार दुई सय ५४ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको शिखर इन्स्योरेन्स कम्पनीको १२ सय ९५ रुपैयाँ अन्तिम मूल्यमा १७ करोड ७५ लाख २८ हजार पाँच सय दुुई रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेको इन्स्योरेन्स कम्पनी, एनआईसी एसिया बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया