Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारक्लोथ बैंकलाई जानकी फाइनान्सले दियो १० वटा अक्सिजन सिलिन्डर

क्लोथ बैंकलाई जानकी फाइनान्सले दियो १० वटा अक्सिजन सिलिन्डर


काठमाडौं, भदौ १८
कोरोना संक्रमणका कारण होम आइसोलेसनमा बसेकाहरुलाई सहयोग गर्ने अभियान सञ्चालन गरेको क्लोथ बैंक जनकपुरलाई जानकी फाइनान्सले १० वटा अक्सिजन सिलिण्डर सहयोग गरेको छ । १८ हजार रुपैयाँ प्रतिसेट पर्ने गरी कुल एक लाख ८० हजारको समान सहयोग गरिएको फाइनान्सका अध्यक्ष अमरनाथ गुप्ताले बताए ।

गुप्तासहित फाइनान्सका निर्देशक रघुनाथ साह र सीईओ रजनिश कुमार सिंहले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी, क्लोथ बैंकका अध्यक्ष राजिव झा तथा अक्सिजन व्यवस्थापन समितिका संयोजक मनोज चौधरीलाई सो समानहरु हस्तान्तरण गरिएको हो ।

अभियानका प्रवक्ता तथा बैंकका उपाध्यक्ष पत्रकार पुरन रौनियारका अनुसार अहिलेसम्म कुल ८४ जना संक्रमित अभियानको अन्डर केयरमा रहेर उपचार लिइरहेकोमा २० जना निको भएको छ । बाँकी ६४ मध्ये चार जनालाई अक्सिजनको सहयोगमा उपचार भइरहेको र अन्यको अवस्था सामान्य रहेको जनाइएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया