
काठमाडौँ । वाणिज्य बैंकहरूले पुस महिनाको लागि ब्याजदर झनै घटाएका छन् । मंसिर महिनामा वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको ब्याजदर पाँच दशमलव शून्य चार प्रतिशत रहेकोमा पुस महिनाको लागि यस्तो ब्याजदर चार दशमलव ८३ प्रतिशतमा झरेको छ । मुद्दती निक्षेपको ब्याजको असर कर्जाको ब्याजमा पर्छ । सोअनुसार मुद्दती निक्षेपको ब्याज घट्दै आगामी समय कर्जाको ब्याजमा पनि केही कमी आउन सक्ने छ ।
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमध्येमा सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एसिया बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनएमबी बैंकले पुस महिनाको लागि पनि मंसिर महिनाकै ब्याजलाई निरन्तरता दिएका छन् । यीबाहेक नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, सानिमा बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, प्र्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले भने मंसिरको तुलनामा पुस महिनाको लागि ब्याजदर केही कम गरेका छन् ।
वाणिज्य बैंकहरूमध्ये नबिलले पुस महिनाको लागि व्यक्तिगत निक्षेपतर्फ चार दशमलव ५५ प्रतिशत ब्याज तोकेको छ । मंसिर महिनाको यो बैंकको यस्तो ब्याजदर चार दशमलव ७५ प्रतिशत रहेको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा र माछापुच्छ्रेले भने पुस महिनाको लागि मंसिर महिनामा नै कायम रहेको पाँच प्रतिशत ब्याजलाई निरन्तरता दिएका छन् । हिमालयनले मंसिरमा कायम रहेको पाँच दशमलव ५० प्रतिशत ब्याजलाई पुस महिनाको लागि घटाएर चार प्रतिशतमा झारेको छ । नेपाल एसबीआई र एभरेष्टले पनि मंसिरमा कायम रहेको क्रमशः पाँच दशमलव ५० र चार दशमलव ८० प्रतिशत ब्याजलाई पुसको लागि कम गरेर क्रमशः चार दशमलव ५५ र चार दशमलव ७५ प्रतिशत तोकेका छन् । एनआईसी एसियाले भने मंसिरमा कायम रहेको पाँच प्रतिशत ब्याजलाई पुस महिनाको लागि पनि निरन्तरता दिएको छ । स्टान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज र कुमारी बैंकले भने मंसिर महिनाको कायम रहेको ब्याज क्रमशः चार दशमलव ७०, पाँच र चार दशमलव ९१ लाई क्रमशः चार दशमलव ६०, चार दशमलव ७५ र चार दशमलव ५३ प्रतिशतमा झारेको छ ।
सिद्धार्थ बैंकले भने पुस महिनाको लागि पनि मंसिर महिनाकै पाँच प्रतिशत ब्याजलाई निरन्तरता दिएको छ । सानिमा बैंकले मंसिरमा कायम रहेको पाँच प्रतिशत ब्याजलाई घटाएर पुुस महिनाको लागि तीन दशमलव ७५ प्रतिशतमा झार्दा एनएमबी बैंकले मंसिर महिनाको पाँच प्रतिशत ब्याजलाई पुस महिनाको लागि पनि निरन्तरता दिएको छ । प्रभु र ग्लोबल आईएमई बैंकले भने मंंसिर महिनामा कायम रहेको क्रमशः चार दशमलव ९५ र छ प्रतिशत ब्याजलाई क्रमशः चार दशमलव ५५ र पाँच ५० प्रतिशतमा झारेको छ । सिटिजन्स बैंकले मंसिर महिनामा कायम रहेको चार दशमलव ७५ प्रतिशत ब्याजलाई पुसको लागि पनि निरन्तरता दिँदा प्राइम र कृषि विकास बैंकले भने मंसिरमा कायम रहेको ब्याज क्रमशः चार दशमलव ७५ र चार दशमलव ७० लाई क्रमशः चार दशमलव २५ र चार दशमलव ५५ प्रतिशतमा झारेको छ । यसैगरी नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले पनि मंसिरमा कायम रहेको ब्याज क्रमशः पाँच दशमलव २५ र पाँच दशमलव पाँच प्रतिशतलाई क्रमशः पाँच दशमलव १० र चार प्रतिशतमा झारेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- मेटलाइफ नेपालको २४ वर्ष पूरा
- स्वावलम्बन लघुवित्तको वित्तीय साक्षरता
- नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा
- एनएमबी बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा
- आईसीएफसी फाइनान्सको २२औँ वार्षिक साधारणसभा
- इन्फिनिटी लघुवित्तको त्रैमासिक नाफा तीन करोड
- सिटिजन लाइफद्वारा वार्षिक साधारणसभाको आह्वान
- सूर्यकुण्ड हाइड्रोद्वारा साधारण सेयर बिक्रीको आह्वान
धेरैले पढेको
- सीआईबीका इन्सपेक्टरको सूचनाले बिचौलिया भट्ट र प्रधानमन्त्री कार्कीबीच कुरा मिल्यो
- खराब कर्जासम्बन्धी व्यवस्थामा सहजीकरण, बैंकिङ क्षेत्रको व्यापारसँगै नाफा पनि बढ्ने
- पूर्वप्रधानमन्त्री नेपालको भ्रष्टाचार मुद्दामा विशेष अदालतले माग्यो सक्कल फाइल
- स्वर्गीय पीएल सिंहको प्रथम वार्षिक पुण्य तिथिमा समर्पित
- कांग्रेसका निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा ३ करोड ६८ लाख आर्जनको स्रोत खुलेन
- भिजिट भिसा भ्रष्टाचारका नाइके भट्टराई २५ लाख धरौटीमा छुटे
- हाइकिङ गएका भारतीय राजदूतलाई सेनाको हेलिकोप्टरबाट उद्धार
- यस्तो छ, प्रभु म्यानेजमेन्टसँग जोडिएको मुद्दामा भट्टचनले प्रहरीसमक्ष दिएको बयान
- भिजिट भिसा प्रकरण : प्रमुख अध्यागमन अधिकृत भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- १२ वर्षपछि होटल अन्नपूर्णको डलर खाताबाट कपिल र सिर्जना राणाले अपचलन गरेको ३२ लाख अमेरिकी डलरको छानबिन सुरु
- प्रभु बैंकको व्यवस्थापनमा सीआईबीको बलजफ्ती
- डोल्मा इम्प्याक्टलाई कर छुट नीतिगत भ्रष्टाचारको नमूना
- नक्कली भुटानी शरणार्थी काण्डमा ओलीका पीए बज्राचार्यको खातामा घुस ‘ट्रान्सफर’
- तत्कालीन प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव श्रेष्ठको संलग्नतामा शेरा दरबार जग्गा घोटाला !
- टीकापुर जग्गा घोटालामा ८७ जना दोषी ठहर
- नयाँ पर्यटन नीति जारी गर्ने सरकारको तयारी
- ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह
- सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा लाखौँको घुस लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी
- शेर्पेनि कोलः साहसीका लागि !
- अमेरिकामा आगलागीबाट करिब दुई हजार घर जले
- सवारी दुर्घटनामा चार जनाको मृत्यु



















तपाईको प्रतिक्रिया