सूर्यकुण्ड हाइड्रोद्वारा साधारण सेयर बिक्रीको आह्वान

काठमाडौं । सूर्यकुण्ड हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर बिक्रीको आह्वान गरेको छ । कम्पनीले यही पुस नौ गतेबाट आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारमा रहेकाहरूको लागि साधारण सेयर बिक्रीको आह्वान गरेको हो ।
सोअनुसार कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका जनताको लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी छ करोड ८९ लाख ६७ हजार पाँच सय रुपैयाँ बराबरको छ लाख ८९ हजार छ सय ७५ कित्ता साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीका अनुसार पुस नौ गतेबाट खुल्ला हुने यो सेयर खरिदको लागि यही पुस २३ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिभित्रमा पूरा सेयर खरिदको लागि आवेदन नपरेमा यो समय माघ ८ गतेसम्म लम्बिने छ । यसैगरी वैदेशिक रोजगारीमा रहेकाहरूको लागि पनि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी छ करोड ८९ लाख ६७ हजार पाँच सय रुपैयाँ बराबरको छ लाख ८९ हजार छ सय ७५ कित्ता सेयर बिक्रीको आह्वान गरिएको कम्पनीको भनाइ छ । सेयर खरिदको लागि यही पुस नौ गतेबाट छिटोमा पुस १४ गते र ढिलोमा पुस २३ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा भने कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 8
ताजा अपडेट
- वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन
- मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण
- वर्तमान सरकारका मुख्य एजेन्डा सुशासन र निर्वाचन हुन्ः प्रधानमन्त्री कार्की
- वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग
- मेटलाइफ नेपालको २४ वर्ष पूरा
- स्वावलम्बन लघुवित्तको वित्तीय साक्षरता
- नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा
- एनएमबी बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा
धेरैले पढेको
- सीआईबीका इन्सपेक्टरको सूचनाले बिचौलिया भट्ट र प्रधानमन्त्री कार्कीबीच कुरा मिल्यो
- खराब कर्जासम्बन्धी व्यवस्थामा सहजीकरण, बैंकिङ क्षेत्रको व्यापारसँगै नाफा पनि बढ्ने
- पूर्वप्रधानमन्त्री नेपालको भ्रष्टाचार मुद्दामा विशेष अदालतले माग्यो सक्कल फाइल
- स्वर्गीय पीएल सिंहको प्रथम वार्षिक पुण्य तिथिमा समर्पित
- कांग्रेसका निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा ३ करोड ६८ लाख आर्जनको स्रोत खुलेन
- भिजिट भिसा भ्रष्टाचारका नाइके भट्टराई २५ लाख धरौटीमा छुटे
- हाइकिङ गएका भारतीय राजदूतलाई सेनाको हेलिकोप्टरबाट उद्धार
- यस्तो छ, प्रभु म्यानेजमेन्टसँग जोडिएको मुद्दामा भट्टचनले प्रहरीसमक्ष दिएको बयान
- भिजिट भिसा प्रकरण : प्रमुख अध्यागमन अधिकृत भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- १२ वर्षपछि होटल अन्नपूर्णको डलर खाताबाट कपिल र सिर्जना राणाले अपचलन गरेको ३२ लाख अमेरिकी डलरको छानबिन सुरु
- प्रभु बैंकको व्यवस्थापनमा सीआईबीको बलजफ्ती
- डोल्मा इम्प्याक्टलाई कर छुट नीतिगत भ्रष्टाचारको नमूना
- नक्कली भुटानी शरणार्थी काण्डमा ओलीका पीए बज्राचार्यको खातामा घुस ‘ट्रान्सफर’
- तत्कालीन प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव श्रेष्ठको संलग्नतामा शेरा दरबार जग्गा घोटाला !
- टीकापुर जग्गा घोटालामा ८७ जना दोषी ठहर
- नयाँ पर्यटन नीति जारी गर्ने सरकारको तयारी
- ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह
- सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा लाखौँको घुस लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी
- शेर्पेनि कोलः साहसीका लागि !
- अमेरिकामा आगलागीबाट करिब दुई हजार घर जले
- सवारी दुर्घटनामा चार जनाको मृत्यु


















तपाईको प्रतिक्रिया