Techie IT TFN
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्वावलम्बन लघुवित्तको वित्तीय साक्षरता

स्वावलम्बन लघुवित्तको वित्तीय साक्षरता


काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय कमलविनायक, भक्तपुरको आयोजनामा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थामा आबद्ध सदस्य, अभिभावक तथा स्थानीय सरोकारवालाहरूलाई वित्तीय कारोबार, बचत तथा उद्यमशीलताका विषयमा जानकारी दिने उद्देश्यले मंसिर २९ गते उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

केन्द्र नं ४३की केन्द्र प्रमुख चम्पा आलेमगरको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा स्वावलम्बन लघुवित्तका सञ्चालक समितिका सदस्य रबिन कुमार श्रेष्ठ तथा प्राडा. कुशुम शाक्यको विशिष्ट आतिथ्यता रहेको थियो । त्यसैगरी, अतिथिहरूमा भक्तपुर नगरपालिका वडा नं. १०का वडा सदस्य कृष्ण नारायण डुमरु र श्री हंसवाहिनी आधारभूत विद्यालयका प्रधानाध्यापक सूर्य नारायण फोजुको उपस्थिति रहेको थियो । कार्यक्रमको अवसर पारेर शाखा कार्यालय कमलविनायक अन्तर्गतका उत्कृष्ट केन्द्रहरूलाई पुरस्कृत गर्नुका साथै बीमा सुविधा पनि प्रदान गरिएको थियो ।

कार्यक्रमको औपचारिक सुरुवात गर्दै शाखा कार्यालय कमलविनायकका कार्यालय प्रमुख सुनिता काफ्लेले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै कार्यक्रमको महत्वबारे जानकारी गराइन । इलाका कार्यालय ठिमीका इलाका प्रबन्धक राजेन्द्र थापाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै वित्तीय साक्षरताले सदस्यहरूको आर्थिक जीवनमा ल्याउने सकारात्मक परिवर्तन बारे चर्चा गरे ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले व्यापारिक उद्देश्य मात्र नराखी सामाजिक कार्यमा समेत योगदान गर्दै आएको प्रति हंसवाहिनी आधारभूत विद्यालयका प्रधानाध्यापकले धन्यवाद व्यक्त गरे । संचालक प्राडा.शाक्यले नगद विहीन अर्थिक कारोबार वृद्धि हुदै गएकोले सो को सदुपयोग र सुरक्षित कारोबारतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुका साथै, महिला सहभागिताको प्रशंसा गरे । सञ्चालक रबिन कुमार श्रेष्ठले उद्यमशीलता विकास आजको आवश्यकता भएको र सोका लागि स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले सहकार्य गर्ने बताए ।

कार्यक्रममा संस्थाको केन्द्रीय कार्यालय, कमलपोखरी काठमाडौंका प्रबन्धक सुमन श्रेष्ठले स्वावलम्बन लघुवित्तको परिचय, यसले प्रदान गर्ने सेवा सुविधाहरू र हालको अवस्था बारे जानकारी गराए । साथै, उनले वित्तीय साक्षरता कक्षा सञ्चालन गर्दै बचत, ऋणको सही सदुपयोग, पारिवारिक बजेट निर्माण र वित्तीय अनुशासनका विषयमा सहभागीहरूलाई प्रशिक्षण दिए । कार्यक्रमको सञ्चालन कमलविनायक शाखाका विवेक कुवरले गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x