Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक १५ सय १० बिन्दुमा

बजार परिसूचक १५ सय १० बिन्दुमा


काठमाडौं, भदौ २१
यस साता सेयर बजार परिसूचक १५ सय १० दशमलव ४२ अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय चार दशमलव ७३ अंकमा पुगेर रोकिएको छ ।

यस साता धितोपत्र बजारमा एक सय ८६ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार एक लाख ५८ हजार छ सय ५६ वटा कारोबारमा तीन करोड चार लाख ३७ हजार नौ सय ९८ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम १० अर्ब ४३ करोड ९९ लाख ६३ हजार नौ सय एक रुपैयाँ पुुगेको छ । कारोबार रकम गत साताको तुुलनामा बढी हो ।

गत साता भने धितोपत्र बजारमा एक सय ७९ कम्पनीहरूको कारोबार भएका थिए । जसअनुुसार एक लाख ३१ हजार दुुई सय ५१ वटा कारोबारमा दुई करोड २२ लाख १३ हजार एक सय ४५ कित्ता सेयर खरिदबिक्री हुुदा कारोबार रकम नौ अर्ब ७४ करोड तीन लाख ६० हजार नौ सय ६२ रुपैयाँ पुगेको थियो ।

यस साता नेप्सेको नियमित कारोबार कक्ष चार कार्यदिन मात्र खुला रहेको थियो । पहिलो, दोस्रो र चौथो दिन सेयर बजार परिसूचक उकालो लागेको थियो भने चौथो दिन सेयर बजार बन्द रहेको थियो । पाँचौँ दिन भने बजार परिसूचक ओरालो लागेको थियो । जसमध्ये पहिलो दिन बजार परिसूचक चार दशमलव ६४ अंकले उकालो लागेर १४ सय ६२ दशमलव ६७ अंकमा चढेको थियो । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव आठ अंकले ओरालो लागेर दुई सय ९६ दशमलव २९ अंकमा झरेको थियो ।

दोस्रो दिन पनि बजार परिसूचक २२ दशमलव ३१ अंकले उकालो लागेर १४ सय ८४ दशमलव ९९ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव पाँच अंकले उकालो लागेर दुुई सय ९८ दशमलव ३५ अंकमा चढेको थियो । तेस्रो दिन सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो ।

चौथो दिन परिसूचक २५ दशमलव ५८ अंकले उकालो लागेर १५ सय १० दशमलव ५७ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव २५ अंकले उकालो लागेर तीन सय चार दशमलव ६० अंकमा चढेकोे थियो । अन्तिम कारोबार दिन भने बजार परिसूचक शून्य दशमलव १५ अंकले ओरालो लागेर १५ सय १० दशमलव ४२ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव १४ अंकले उकालो लागेर तीन सय चार दशमलव ७३ अंकमा चढेको थियो ।

यस साता नेपाल पुनर्बीमा कम्पनी, नेको इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदिको बढी रकम कारोबार भएका छन् । कारोबार भएको सेयर संख्याका आधारमा भने नेपाल पुनर्बीमा कम्पनी, अरुण कावेली पावर लिमिटेड, नेपाल बैंक आदि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरू अगाडि परेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया