Techie IT TFN
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स क्यापिटल र पशुपति भेन्चरबीच सम्झौता

सिटिजन्स क्यापिटल र पशुपति भेन्चरबीच सम्झौता


काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र पशुपति भेन्चर लिमिटेडबीच धुम्बाराही, काठमाण्डौमा साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । बिहीबार भएको उक्त सम्झौतामा पशुपति भेन्चर लिमिटेडका तर्फबाट संचालक दिनेश प्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले पशुपति भेन्चर लिमिटेडको सार्वजनिक निष्कासनको लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात् बिक्री प्रबन्धकको कार्य गर्नेछ । पशुपति भेन्चर लिमिटेड एक इन्भेस्टमेन्ट कम्पनी हो र यसले विगत १५ वर्षदेखि विभिन्न हाइड्रोपावर कम्पनीहरुमा लगानी गर्दै आइरहेको छ । यस कम्पनीको लगानी रहेको खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड तथा माया खोला हाइड्रोपावर कम्पनी लिमिटेड लगायतका जलविद्युत् कम्पनीहरुले आयोजनाहरु सम्पन्न गरी विद्युत् उत्पादन गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x