Techie IT TFN
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलघुवित्त तथा मिटरब्याज पीडितले मागे गभर्नर पौडेलको राजिनामा

लघुवित्त तथा मिटरब्याज पीडितले मागे गभर्नर पौडेलको राजिनामा


काठमाडौं । जेन–जीपछि लघुवित्त तथा मिटरब्याज पीडितले पनि राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको राजिनामा मागेका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी पुस ७ गतेदेखि राजधानी केन्द्रीत आन्दोलनको घोषणासमेत गरेको छ ।

‘लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समित नेपाल’ र ‘मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन’ मिलेर बनेको ‘संयुक्त जनअधिकार आन्दोलन नेपाल’ले पुष ७ गते काठमाडौं केन्द्रीत आन्दोलन गर्ने घोषण गरेको हो । संघर्ष समितिका उपाध्यक्ष मणिप्रसाद चौलागाइँले विगतमा पीडितका मागहरूको सम्बोधन गर्न सरकार तयार हुँदासमेत गभर्नर पीडककै पक्षमा लागेर आफूहरूलाई अन्याय गरेको जिकिर गरेका छन् । डा.निलम ढुङ्गानाको नेतृत्वमा २०८१ असार २६ गते पारित लघुवित्त पीडितको प्रतिवेदन सार्वजनिक र कार्यान्वयन नगरिएकाले पीडितहरू आक्रोशित भई वित्तीय क्षेत्रमा कुनै पनि घटना घट्नसक्ने चेतावनी चौलागाइँले दिए ।

संयुक्त जनअधिकार आन्दोलन नेपालका एकता कार्यदल सदस्य सुरेश घिमिरेले चार वर्षदेखि निरन्तर आन्दोलन गर्दा पनि न्याय दिनुको सट्टा सरकारले आफूहरूलाई झन् पीडित बनाएको आरोप लगाए । घिमिरेले वित्तीय संस्थाहरूले ऐन–कानुनलाई नै मिचेर पीडितहरूलाई शोषण गरिरहेको बताउँदै भने, ‘समस्याहरू समाधान गर्न राज्यसँग छलफल हुँदै गर्दा मिटरब्याजी र बैंक, सहकारी, लघुवित्तहरूले लुटतन्त्र चलाइरहे ।’ घिमिरेले भने, ‘सरकारले माग नसुनेपछि हाम्रा पीडित साथीहरूले गाउँगाउँमा लुटेराहरूको किल्ला भत्काउन सुरु गरिसक्नुभएको छ । पीडितहरूले ज्योति विकास बैंक सप्तरीका कर्मचारीहरूलाई जुत्ताको मालासहित कालोमोसो दले जस्तै देशैभरीका वित्तीय माफिया र लुटेराहरूलाई कारबाही गर्न बाध्य हुनेछौँ ।’ राष्ट्र बैंक नेतृत्वले चाहेमा सो समस्या समाधान हुने तर गभर्नर नै पीडकको पक्षमा नरहेको आरोप लगाउँदै घिमिरेले पनि गभर्नरको राजिनामा मागे ।

मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलनका केन्द्रीय प्रतिनिधी दामोदर ढकालले राज्य र नेपाल राष्ट्र बैंक पीडित प्रति गैरजिम्मेवार बन्दा झन् समस्या बल्झिएको आरोप लगाएका छन् । ढकालले दुर्गा प्रसाइँले २० लाख ऋण मिनाहाको भ्रमका कारण वित्तीय पीडितले न्याय नपाएको आरोप लगाए । जाली तमसुक तत्काल रद्द नगरिए आन्दोलन चर्काएर मिटरब्याजी लुटेराहरूलाई सडकमा ल्याइ नाङ्गेझार पार्ने छौँ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x