Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारमिथिला लघुवित्तको १५ प्रतिशत बोनस सेयर

मिथिला लघुवित्तको १५ प्रतिशत बोनस सेयर


काठमाडौं, पुस ९
मिथिला लघुुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर वितरण गर्नेभएको छ । संस्थाले हाल कायम रहेको चुक्ता पुँजी १० करोड ५८ लाख ६१ हजार छ सय दुई रूपैयाँमध्येबाट १५ प्रतिशतको अनुुपातमा एक करोड ५८ लाख ७९ हजार दुुई सय ४० रूपैयाँ बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । यसैगरी संस्थाले कर प्रयोजनको लागि शून्य दशमलव ७८ प्रतिशतले हुन आउने आठ लाख ३५ हजार सात सय ४९ रूपैयाँबराबरको नगद लाभांश वितरण गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ । लाभांश वितरणसम्बन्धी प्रस्ताव संस्थाको यही पुुस २९ गते हुुने ११औं वार्षिक साधारणसभाले पारित गर्नेछ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया