Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगरिमा विकास बैंकको धादिङबेसी शाखाको उद्घाटन

गरिमा विकास बैंकको धादिङबेसी शाखाको उद्घाटन


काठमाडौं, पुस ९
गरिमा विकास बैंकले धादिङमा पनि शाखा विस्तार गरेको छ । आइतबार बैंकले धादिङको निलकण्ठ नगरपालिकामा रहेको शाखाको औपचारिकरूपमा उद्घाटन गरेको हो । बैंकका अनुसार उक्त शाखाको उद्घाटन निलकण्ठ नगरपालिकाका प्रमुुख भिमप्रसाद ढुंगानाले गरेका हुुन् । कार्यक्रममा बैंकका सञ्चालक श्यामप्रसाद बस्यालले व्यावसायिकरूपमा प्रचुर सम्भावना बोकेको सो क्षेत्रमा खोलिएको शाखाले सो क्षेत्रको औद्योगिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । बैंकले हाल सबै क्षेत्रमा गरी ९० वटा शाखा, ५१ वटा एटीएम काउन्टर र गरिमा रेमिटका १० हजारभन्दा बढी एजेन्टमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले यही पुुस पाँच गतेसम्म ३६ अर्ब ५० करोड रूपैयाँ निक्षेप संकलन गरी ३२ अर्ब ७५ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया