महालक्ष्मी विकास बैंकको आवास कर्जामा आकर्षक सुविधा
काठमाडौं, पुस ९
महालक्ष्मी विकास बैंकले आवास कर्जामा सुविधाहरू थप गरेको छ । बैंकले घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकहरूलाई लक्षित गरी आवास कर्जाअन्तर्गत विशेष कर्जा सुविधा योजना ल्याएको हो । योजनाअन्तर्गत ऋणिका लागि निर्माण लागतको अधिकतम ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्नेछ, भने घर खरिदमा अधिकतम ७० प्रतिशतसम्म कर्जा लगानी गर्नेछ ।
कर्जाको अवधि अधिकतम २५ वर्ष, सुलभ व्याजदर तथा कर्जा शुल्कमा विशेष छुट, घर निर्माणमा अग्रिम कर्जा प्रवाह साथै निःशुल्क दुर्घटना बीमाजस्ता आकर्षक सुविधाहरू बैंकले प्रदान गर्नेछ । बजारमा हुनसक्ने उतार चढावबाट ऋणिलाई सुरक्षित गर्नका लागि यस योजनाअन्तर्गत कर्जा प्रवाह गर्दा निर्धारित ब्याजदर कर्जा अवधिभर यथावत रहन पनि सक्ने व्यवस्था मिलाएको बैंकले जानकारी दिएको छ ।
घर खरिद गर्न अथवा घर निर्माण गर्न चाहनेहरूका लागि लाभदायक महालक्ष्मी आवास कर्जा बैंकका सम्पूर्ण शाखाहरूबाट उपलब्ध हुनेछ । बैंकले हाल सबै क्षेत्रमा गरी एक सय दुुईवटा शाखा तथा ३५ वटा एटीएम काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । बैंकमा हाल कुुल ग्राहक संख्या पाँच लाख पुुगेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया