Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसांग्रिला डेभलपमेन्ट बैंक र डेन्टल एसोसियसनबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र डेन्टल एसोसियसनबीच सम्झौता


काठमाडौं, भदौ २६
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र डेन्टल एसोसिएसनबीच सम्झौता भएको छ । बैंकले ललितपुर महानगरपालिका वडा नं. ४७ सनराइज होम्समा अवस्थित नेपाल डेन्टल एसोसियसनसँग बैंकिङ सेवाहरू उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअन्तर्गत नेपाल डेन्टल एसोसियसनसँग आबद्ध सदस्यहरू तथा सदस्यहरूसँग आबद्ध संस्थाका कर्मचारीहरूलाई बैंकका विभिन्न बैंकिङ सेवाहरू उपलब्ध हुने साथै बिनाधितो १५ लाख रुपैयाँसम्मको प्रोफेसनल कर्जा प्रदान गरिनेछ । यस कर्जाअन्तर्गत कर्जावालालाई एक लाख रुपैयाँसम्मको कोभिड–१९ इन्स्योरेन्स निःशुल्क प्रदान गरिने बैंकले जानकारी दिएको छ ।

बैंक र एसोसियसनबीच आयोजित एक कार्यक्रममा सोसम्बन्धी सहमतिपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र नेपाल डेन्टल एसोसियसनका अध्यक्ष डा. प्रविन्द्र अधिकारले हस्ताक्षर गरेका छन् । बैंकको सबैजसो शाखाहरूबाट यो सेवा प्राप्त गर्न सकिने जानकारी बैंकले दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया