Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसिद्धार्थको एक नयाँसहित चार शाखाको औपचारिक उद्घाटन

सिद्धार्थको एक नयाँसहित चार शाखाको औपचारिक उद्घाटन


काठमाडौं, पुस ९
सिद्धार्थ बैंकले एउटा नयाँ र चारवटा शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकले आइतबार प्रदेश नं ५ अवस्थित लुम्बिनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोही दिन सुनसरी अवस्थित दुहबी शाखा र गढी शाखा, सिरहा अवस्थित गोलबजार शाखा र लाहन शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको हो ।

बैंकको दुहबी शाखाको उद्घाटन दुहबी नगरपालिकाका मेयर श्रीवेदनारायण गच्छदार, गढी शाखाको उद्घाटन गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादव, गोलबजार शाखाको उद्घाटन गोलबजार नगरपालिकाका मेयर देवनाथ शाह र लाहन शाखाको उद्घाटन लाहन नगरपालिकाका मेयर मुनिशाह सुडीबाट भएको थियोे । बैंकले दुहबी शाखा गत २०७५ फाल्गुण २७ गते, गढी शाखा गत २०७४ माघ ७ गते, गोलबजार शाखा गत २०७६ कात्तिक १५ गते र लाहन शाखा गत २०७५ वैशाख २३ गतेदेखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो ।

उक्त लुम्बिनी शाखा विस्तारपश्चात् बैंकको कुल शाखा सञ्जाल संख्या एक सय ७६ (चारवटा एक्सटेन्सन काउन्टरसहित) पुगेको छ । बैंकले एक सय एकवटा शाखारहित बैंकिङ सेवा, एक सय ९५ एटीएम र १६ सयभन्दा बढी पस मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिसा एटीएम कार्ड सेवामार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया