Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामनाका ग्राहकले ‘सोसल मिडिया बैंकिङ प्लेट फर्म’ मार्फत सेवा पाउने

कामनाका ग्राहकले ‘सोसल मिडिया बैंकिङ प्लेट फर्म’ मार्फत सेवा पाउने


काठमाडौं, भदौ २८
कामना सेवा विकास बैंकले घरमा नै बसेर ‘सोसल मिडिया बैंकिङ प्लेटफर्म’मार्फत वित्तीय सेवा पाउने सुबिधा सञ्चालनमा ल्याएको छ । बैंकले भाइबर वा फेसबुक मेसेन्जरजस्ता सामाजिक सञ्जालको माध्यमद्वरा खाता खोल्ने, केवाईसी अपडेट गर्ने, चेक बुक तथा डेविट कार्ड अनुरोध गर्ने, स्टेटमेन्ट हेर्ने, साथै कर्जाको हालसम्मको बक्यौताको विवरणजस्ता जानकारी घरमै बसेर थाहा पाउन सकिने सुविधा सञ्चालनमा ल्याएको हो ।

बैंकका अनुसार सञ्चालक समितीका अध्यक्ष सुदिप आचार्यले शुक्रबार ‘कामना सेवा विकास बैंक सोसल मिडिया बैंकिङ प्लेटमर्फ’ को शुभारम्भ गरेका हुन् । भाइबरको माध्यमबाट यी सुविधाहरू प्राप्त गर्न ग्राहकले बैंकले प्रदान गरेको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ भने फेसबुकको माध्यमबाट सुविधा प्राप्त गर्नको लागि बैंकको फेसबुक पेज सर्च गरी मेसेज पठाउनुपर्ने बैंकले जानकारी दिएको छ । कोरोनाको महामारीका बीच सुरु गरिएको यो सेवा प्रभावकारी हुने विश्वास बैंकले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया