Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार परिसूचक तीन अंकले उकालो लाग्यो

सेयर बजार परिसूचक तीन अंकले उकालो लाग्यो


काठमाडौं, भदौ ३०
सेयर बजार परिसूचक उकालो लागेको छ । यसदिन बजार परिसूचक तीन दशमलव २६ अंकले उकालो लागेर १५ सय ४० दशमलव ५१ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २८ अंकले उकालो लागेर तीन सय छ दशमलव २४ अंकमा चढेको छ । यसदिन एक सय ९० कम्पनीहरूको कारोबार भएका छन् । जसअनुसार ४५ हजार चार सय ५३ वटा कारोबारमा ८८ लाख ३४ हजार दुई सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम तीन अर्ब २१ करोड चार लाख ७९ हजार एक सय ३२ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार सातवटा समूहको ओरालो लागेका छन् भने पाँचवटा समूहको सूचक उकालो लागेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक १४ दशमलव ६८ अंकले उकालो लागेर १२ सय २८ दशमलव ८९ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि १२ दशमलव दुुई अंकले उकालो लागेर १७ सय ८४ दशमलव ३९ अंकमा चढेको छ । यसैगरी फाइनान्स समूहको सूचक पनि छ दशमलव ९४ अंकले उकालो लागेर छ सय ८५ दशमलव ५४ अंकमा चढेकोमा जलविद्युुत् समूहको सूचक पनि १२ दशमलव दुई अंकले उकालो लागेर ११ सय ५५ दशमलव ७३ अंकमा चढेको छ ।

सामूहिक लगानी कोष समूहको सूचक पनि शून्य दशमलव शून्य चार अंकले उकालो लागेको छ । निर्जीवन बीमा समूहको सूचक भने यसदिन दुुई सय ५४ दशमलव ५९ अंकले ओरालो लागेर आठ हजार एक सय आठ दशमलव ५४ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ७९ दशमलव ३२ अंकले ओरालो लागेर नौ हजार सात सय ४० दशमलव ६० अंकमा झरेको छ ।

यसैगरी होटल समूहको सूचक पनि १७ दशमलव ४५ अंकले ओरालो लागेर १५ सय ७० दशमलव ९८ अंकमा झरेकोमा लघुवित्त समूहको सूचक पनि २३ दशमलव दुुई अंकले ओरालो लागेर २५ सय ९३ दशमलव ५१ अंकमा झरेको छ । यीबाहेक टे«डिङ, उत्पादनमूलक र अन्य समूहको सूचक पनि क्रमशः एक दशमलव छ, ३८ दसममलव पाँच र शून्य दशमलव २७ अंकले ओरालो लागेका छन् । यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर एक सय ४३ रुपैयाँमा किनबेच भएको छ ।

दोस्रो स्थानमा परेको नेरुडे लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि नौ दशमलव ९८ प्रतिशतले बढेर एक हजार ६९ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी, रिडी हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरको मूल्य आठ दशमलव १७ प्रतिशतले घटेर १० हजार एक सय रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको लक्ष्मी उन्नति कोषको प्रतियुनिट सेयर मूल्य पनि सात दशमलव २० प्रतिशतले घटेर नौ रुपैयाँ २८ पैसामा किनबेच भएको छ । यीबाहेक राष्ट्रिय बीमा कम्पनी, आईएमई जनरल इन्स्योरेन्स कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता आठ सय ८२ रुपैयाँ अन्तिम मूल्यमा १९ करोड ९३ लाख २४ हजार नौ सय ८८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल बैंकको पनि प्रतिकित्ता तीन सय आठ रुपैयाँ अन्तिम मूल्यमा १२ करोड ७० लाख सात हजार छ सय ७९ रुपैयाँको कारोबार भएको छ । यीबाहेक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनएमबी बैंक आदिको पनि बढी रकम कारोबार भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया