Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउन्टर बाग्लुङको बलेवामा

ग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउन्टर बाग्लुङको बलेवामा


काठमाडौं, भदौ ३०
ग्लोबल आईएमई बैंक लिमिटेडले आइतबार बाग्लुङको बलेवामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका वडा नं. १४ बलेवा, नारायणस्थानमा यो एक्सटेन्सन काउन्टरको उद्घाटनसँगै बैंकका एक्सटेन्सन काउन्टरहरूको संख्या ४३ पुगेको छ ।

बैंकका अनुसार एक्सटेन्सन काउन्टरको उद्घाटन बाग्लुङ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य डा. सूर्य पाठकले गरेका हुुन् । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउनेउद्देश्यले ७१ वटा जिल्लामा फैलिएको दुुई सय ५९ शाखासहित दुुई सय ३४ एटीएम, ४३ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, दुुई सय १९ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २० लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा तीन अर्ब आठ करोड ८० लाख ४२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुई अर्ब ७६ करोड १९ लाख ५४ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १८ अर्ब ९७ करोड ५८ लाख ८० हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा दुई खर्ब १२ अर्ब ३१ करोड ५३ लाख ८५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ८९ अर्ब ३८ करोड ८६ लाख ६४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ अर्ब १९ करोड २० लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ७३ करोड २८ लाख ८२ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा एक दशमलव ८० प्रतिशत कर्जा निष्क्रिय रहेको बैंकको स्प्रेड दर भने चार दशमलव ४३ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले एक खर्ब २० अर्ब आठ करोड ८४ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब आठ अर्ब ९७ करोड ७६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब २४ करोड २३ लाख ४६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्यदशमलव ५५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया