Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं, भदौ ३१
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्ष नक्सालका अनुसार वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका ६ बाट बैंकिङ कसुरमा फरार अभियुक्त रूपा गाउँपालिका ५ देउराली बस्ने ५७ वर्षीय केशबहादुर गुरुङलाई आइतबार पक्राउ गरेको हो ।

दण्डहिनताविरुद्धको अभियानअन्तर्गत उच्च अदालत पाटनको २०७६ चैत १० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ५० लाख रुपैयाँ जरिवाना र छ दिन कैद सजाय ठहर भई फरार रहेका थिए । उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका ६ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कास्कीमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया