Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारयुनिक नेपाल लघुुवित्त र मुक्तिनाथ क्यापिटलबीच सम्झौता

युनिक नेपाल लघुुवित्त र मुक्तिनाथ क्यापिटलबीच सम्झौता


काठमाडौं, भदौ ३१
युनिक नेपाल लघुुवित्त वित्तीय संस्था र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । दुुवै संस्थाले सेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन् । सम्झौतामा युनिक नेपालका तर्फबाट कार्यकारी निर्देशक डा. गोपाल दहित र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार मुक्तिनाथले युनिकले जारी गर्ने एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको दुई करोड ७० लाख रुपैयाँबराबरको दुई लाख ७० हजार कित्ता साधारण सेयरको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

हाल चुक्ता पुँजी नौ करोड ६८ लाख २२ हजार रुपैयाँ रहेको संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा एक अर्ब ७८ करोड ९८ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ५० करोड ४३ लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । उक्त अवधिमा चार करोड पाँच लाख ४० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको संस्थाको प्रोभिजन रकम ११ करोड ३६ लाख ५४ हजार रुपैयाँ रहेको छ भने भने निष्क्रिय कर्जाको अनुुपात दुुई दशमलव ५५ प्रतिशत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया