Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसियाले सेयर धितो राखेर ७ दशमलव २५ प्रतिशत ब्याजमा कर्जा दिने

एनआईसी एसियाले सेयर धितो राखेर ७ दशमलव २५ प्रतिशत ब्याजमा कर्जा दिने


काठमाडौं, भदौ ३१
एनआईसी एसिया बैंकले न्यूनतम ब्याजदरमा सेयर धितो राखेर कर्जा दिने भएको छ । यसको लागि बैंकले लोन अगेन्स्ट सेयरको आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरूमा नेपालको बैंकिङ क्षेत्रकै सर्वाधिक न्यूनतम ब्याजदर वार्षिक सात दशमलव ७५ प्रतिशत रहेको उक्त कर्जा योजना सार्वजनिक गरेको हो ।

ग्राहकले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायत अन्य विभिन्न कम्पनीहरूको साधारण सेयर यस बैंकमा धितो राखेर एक सय २० दिनको सेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्यमध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।

यस योजनाअन्तर्गत न्यूनतम एक करोडदेखि अधिकतम १५ करोड रुपैयाँसम्मको कर्जा रकम प्राप्त गर्नसक्ने व्यवस्था बैंकले गरेको जनाएको छ । यसअन्तर्गत ५० लाख रुपैयाँसम्मको ओभरड्राफ्ट कर्जा समेत लिन सकिने सुविधा रहेको बैंकले जानकारी दिएको छ ।

सर्वाधिक न्यूनतम ब्याजदर तथा अनुपम सुविधाले भरिपूर्ण यस कर्जामार्फत ग्राहकलाई सहजरूपमा कर्जा प्रदान गर्ने रणनीतिअनुरूप सम्पूर्ण आवश्यक कागजात प्राप्त भएपछिको ४८ घण्टाभित्र नै कर्जा दिने निर्णय दिने व्यवस्था बैंकले गरेको जनाएको छ ।

साथै यस कर्जासम्बन्धी जानकारी लिनको लागि ३४४८८ मा यिबल टाइप गरी एसएमएस वा बैंकको निःशुल्क नम्बर १६६०–०१–७७७७१ मा फोन गरी थप जानकारी प्राप्त गर्न सकिनेछ । ग्राहकहरूको कर्जासम्बन्धी सल्लाह, सुझाव तथा गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्थाअनुरूप बैंकले ‘कर्जा सहायता केन्द्र को समेत स्थापना गरेको बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया