Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा अग्रवाल

प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा अग्रवाल


काठमाडौं, भदौ ३१
निर्जीवन बीमा व्यवसाय गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा विशाल अग्रवाल नियुक्त भएका छन् । कम्पनीको भदौ २८ गते सम्पन्न सञ्चालक समितिको दुुई सय आठौँ बैठकले सर्वसम्मतरूपमा अग्रवाललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । अग्रवालले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंबाट पद तथा गोपनीयताको सपथग्रहण गरिसकेका छन् ।

भदौ २६ गते सम्पन्न कम्पनीको १८औं साधारणसभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्नेगरी विशाल अग्रवाल, अमित अग्रवाल, अर्पित अग्रवाल र विवेक बिजुक्छेलाई सञ्चालकमा निर्वाचित गरेको थियो । अध्यक्ष अग्रवाल मुलुकको प्रतिष्ठित व्यावसायिक घराना विशाल ग्रुप सम्बद्ध व्यक्ति भको कम्पनीले जानकारी दिएको छ ।

हाल चुुक्ता पुँजी एक अर्ब दुुई करोड नौ लाख ६९ हजार रुपैयाँ रहेको कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा १४ करोड १५ लाख ५८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १४ करोड छ लाख ४१ हजार रुपैयाँ रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया