Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटी एक्सप्रेसको ‘सिटी एक्स्प्रेस गल्बन्दी टिकटक च्यालेन्ज’ सुरु

सिटी एक्सप्रेसको ‘सिटी एक्स्प्रेस गल्बन्दी टिकटक च्यालेन्ज’ सुरु


काठमाडौँ ।
सिटी एक्सप्रेस मनी ट्रान्स्फरले ‘सिटी एक्स्प्रेस गल्बन्दी टिकटक च्यालेन्ज’ सुरु गरेको छ । कम्पनीले देशविदेशमा रहेका टिकटक प्रयोगकर्ताहरूका लागि ‘सिटी एक्सप्रेस गल्बन्दी टिकटक च्यालेन्ज’को आयोजना गरेको जानकारी दिएको छ । गायक प्रकाश सपुतको ‘गल्बन्दी’ गीतको मुख्य प्रायोजक रहेको सिटी एक्सप्रेसले फेरि सोही गीत स्मरण गराउँदै उक्त च्यालेन्जको आयोजना गरेको जानकारी दिएको छ ।

कम्पनीका अनुसार च्यालेन्जमा सहभागी हुनेमध्ये प्रथम, दोस्रो तथा तेस्रो उत्कृष्ट भिडियोले क्रमशः १५, १०, र पाँच हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । साथै छनोटमा परेका उत्कृष्ट १० भिडियोलाई पाँच सय रुपैयाँबराबरको मोबाइल टपअप प्रदान गरिने पनि कम्पनीले जनाएको छ । कम्पनीको भिडियो आउँदो असोज १४ गतेसम्म पोस्ट गरिसक्नु पर्नेछ । जसको नतिजा असोज २० गते प्रकाशन गरिनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया