Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेसनल लाइफ इन्स्योरेन्सको एजेन्सी कार्यालय नेपालगञ्जमा स्थापना

नेसनल लाइफ इन्स्योरेन्सको एजेन्सी कार्यालय नेपालगञ्जमा स्थापना


बाँके ।
नेसनल लाइफ इन्स्योरेन्स प्राइभेट लिमिटेडको एजेन्सी कार्यालय नेपालगञ्जमा स्थापना भएको छ । नेसनल लाइफ इन्स्योरेन्सका अभिकर्ता र बीमितलाई सहयोग गर्ने उद्देश्यले नेपालगञ्जमा एजेन्सी कार्यालय स्थापना गरिएको इन्स्योरेन्सका कोहलपुर शाखा प्रमुख रणबहादुर ओलीले बताए ।

नेपालगञ्ज क्षेत्रका अभिकर्ता र बीमितलाई लक्षित गरी स्थापना भएको एजेन्सी कार्यालय कोहलपुर शाखा कार्यालयको मातहतमा रहने उनले बताए । एजेन्सी कार्यालयकोे उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिका–१८ का वडा अध्यक्ष दीपककुमार बर्माले बीमाले रकम बचत गर्ने बानीको विकास गर्ने बताउँदै यसबाट दीर्घकालीन फाइदा पुग्ने बताए । गरिब नागरिकका लागि बीमा एकदमै लाभदायक भएको उनको भनाइ थियो ।

‘बीमा गर्दा रूपैयाँ खेर गएको जस्तो लाग्न सक्छ, तर यसले वर्तमानमा भन्दा भविष्यमा फाइदा पु-याउँछ,’ उनले भने । नेपालगञ्ज क्षेत्रका बीमित र अभिकर्तालाई कोहलपुर जानुपर्ने झन्झटलाई महसुस गरी नेपालगञ्जमा एजेन्सी कार्यालय स्थापना गरिएको एजेन्सी कार्यालयकी चिफ विजनेस म्यानेजर विष्णुकुमारी केसीले बताइन् । उनले बीमा गराउनेलाई मात्र सहयोग गर्ने नभई बीमाबाट हुने फाइदाका बारेमा समेत बुझाउन कार्यालय स्थापना गरिएको बताइन् ।

चिफ विजनेस म्यानेजर मानबहादुर डिसीले स्वागत गरेको कार्यालय उद्घाटन कार्यक्रममा बीमित तेजनारायण कँडेलले बीमाले क्षति न्यूनीकरणमा टेवा पु-याउने धारणा राखेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया