Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेशनल लाइफद्वारा बढी अनुपातमा रहेको संस्थापक सेयर रूपान्तरण

नेशनल लाइफद्वारा बढी अनुपातमा रहेको संस्थापक सेयर रूपान्तरण


काठमाडौँ ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बढी अनुपातमा रहेको संस्थापक सेयर साधारण सेयरमा रूपान्तरण गरेको छ । संस्थाले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले दिएको जानकारीअनुसार कम्पनीले ३४ लाख ४० हजार तीन सय २३ दशमलव७३ कित्ता संस्थापक सेयर साधारण सेयरमा रूपान्तरण गरेको हो ।

सेयर रूपान्तरणपश्चात् कम्पनीमा संस्थापक तथा साधारण सेयरधनी समूहको अनुपात ५५ः४५ कायम भएको छ । पछिल्लो पटक प्रतिकित्ता सात सय ८० रुपैयाँमा सेयर कारोबार भएको कम्पनीको बजार पुँजीकरण २४ अर्ब चार करोड ४४ लाख ८८ हजार दुुई सय ६० रुपैयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा भने कम्पनीको एक सय रुपैयाँ अ्रंकित मूल्य कायम रहेको तीन अर्ब आठ करोड २६ लाख २६ हजार सात सय रुपैयाँबराबरको तीन करोड आठ लाख २६ हजार दुई सय ६७ कित्ता सेयर सूचीकृत रहेको छ ।

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा ३९ करोड १२ लाख २९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा ३३ करोड ६३ लाख ३८ हजार रुपैयाँ रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया