Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार


काठमाडौं, पुस १०
सेयर बजार परिसूचकमा सुधार देखिएको छ । साताको चौथो कारोबार दिन बुुधबार बजार परिसूचक एक दशमलव ८२ अंकले उकालो लागेर ११ सय ६८ दशमलव तीन अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन शून्य दशमलव ५१ अंकले उकालो लागेर दुुई सय ५४ दशमलव ७२ अंकमा पुुगेको छ । यसदिन कुुल एक सय ७५ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार छ हजार एक सय ६४ वटा कारोबारमा १६ लाख ८१ हजार आठ सय ३८ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ५३ करोड ८३ लाख ४० हजार आठ सय २९ रूपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार चारवटा समूहको सूचक ओरालो लागेका छन् भने आठवटा समूहको उकालो लागेका छन् । सोअनुुरूप वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव ४२ अंकले उकालो लागेर एक हजार ४२ दशमलव ९७ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि एक दशमलव दुुई अंकले उकालो लागेर १५ सय ८५ दशमलव ९४ अंकमा चढेको छ ।

निर्जीवन बीमा समूहको सूचक पनि १६ दशमलव २२ अंकले उकालो लागेर चार हजार पाँच सय ५५ दशमलव २२ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि ६९ दशमलव सात अंकले उकालो लागेर पाँच हजार छ सय ४४ दशमलव ७८ अंकमा चढेको छ । यीबाहेक होटल, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः छ दशमलव १२, १९ दशमलव नौ, दुुई दशमलव नौ र शून्य दशमलव शून्य एक अंकले उकालो लागेका छन् । जलविद्युुत् समूहको सूचक भने यसदिन दुुई दशमलव ७३ अंकले ओरालो लागेर नौ सय ४३ दशमलव १७ अंकमा झरेकोमा लघुुवित्त समूहको सूचक पनि पाँच दशमलव ९८ अंकले ओरालो लागेर १६ सय २५ दशमलव छ अंकमा झरेको छ । यीबाहेक ट्रेडिङ र फाइनान्स समूहको सूचक पनि क्रमशः दुुई दशमलव २५ र एक अंकले ओरालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको नेपाल सेवा लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रूपैयाँ ८९ पैसाले बढेर पाँच सय रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य नौ रूपैयाँ ७१ पैसाले बढेर दुुई सय २६ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक सिर्जना फाइनान्स, हिमालयन बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् । यसैगरी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नेपाल फाइनान्सको सेयर मूल्य नौ रूपैयाँ ९३ पैसाले घटेर एक सय ३६ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको समृद्धि फाइनान्सको सेयर मूल्य सात रूपैयाँ ४० पैसाले घटेर एक सय रूपैयाँमा किनबेच भएको छ । यसैगरी युनियन हाइड्रोपावर कम्पनी, युुनाइटेड फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन कारोबार भएको रकमका आधारमा सानिमा बैंकको ऋणपत्र पहिलो स्थानमा परेको छ । उक्त कम्पनीको प्रतिऋणपत्र नौ सय ६३ रूपैयाँ अन्तिम मूल्यमा चार करोड ८१ लाख ५० हजार रूपैयाँको कारोबार भएको छ । दोस्रो स्थानमा परेको नेपाल बैंकको प्रतिकित्ता तीन सय १६ रूपैयाँ अन्तिम मूल्यमा चार करोड ५८ लाख ४१ हजार तीन सय ३५ रूपैयाँको कारोबार भएको छ । यीबाहेक प्राइम कमर्सियल बैंक, माछापुुच्छ्रे बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।

नट्समार्फत संस्थागत ऋणपत्रको दुुईवटा कारोबार :- नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली (नट्स)मार्फत संस्थागत ऋणपत्रतर्फ दुुईवटा कारोबार भएका छन् । नेप्सेका अनुुसार बुुधबार पहिलो कारोबारमा एनएमबी शुुलभ इन्भेष्टमेन्ट फण्ड १ बिक्रेता र एनएमबी हाइब्रिड फण्ड खरिदकर्ता रहने गरी १० प्रतिशत सानिमा डिबेञ्चर २०८५ को २५ हजार कित्ता ऋणपत्रको बिक्री भएको हो ।

त्यसैगरी एनएमबी शुुलभ इन्भेष्टमेन्ट फण्ड १ बिक्रेता र एनएमबी ५० ख्रिदकर्ता रहने गरी १० प्रतिशत सानिमा डिबेञ्चर २०८५ को २५ हजार कित्ता ऋणपत्रको किनबेच भएको हो । नेप्सका अनुसार यी दुुई कारोबारमा जम्मा ५० हजार कित्ता ऋणपत्र प्रतिकित्ता नौ सय ६३ का दरले चार करोड ८१ लाख ५० हजार रूपैयाँबराबरको ऋणपत्रको कारोबार भएको थियो । यसअघि भने विसं २०७६ असार एक गते दुुई वटा कारोबारमा १० प्रतिशत सानिमा डिबेञ्चर २०८५ को ४२ कित्ता सेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया