Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारजनरल इन्स्योरेन्स कम्पनीले ३० करोड रुपैयाँको साधारण सेयर जारी गर्ने

जनरल इन्स्योरेन्स कम्पनीले ३० करोड रुपैयाँको साधारण सेयर जारी गर्ने


काठमाडौं ।
जनरल इन्स्योरेन्स कम्पनीले ३० करोड रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले यही असोज ११ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको कम्पनीको सेयर बिक्री कार्य छिटोमा असोज १४ गते र ढिलोमा असोज २५ गते बन्द हुुनेछ ।

बिक्री गरिने कुल सेयरमध्येमा चार प्रतिशत अर्थात् एक लाख २० हजार कित्ता कर्मचारीको लागि, पाँच प्रतिशत अर्थात् एक लाख ५० हजार कित्ता सामूहिक लगानी कोषको लागि बिक्री हुुनेछ भने बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिनेछ ।लगानीकर्ताहरूले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

अधिकृत पुँजी एक अर्ब र जारी पुँजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ ।साधारण सेयरको बिक्रीपश्चात् भने कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुुग्नेछ । कम्पनीले गत आर्थिक वर्षमा पाँच करोड छ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा तीन करोड ६२ लाख रुपैयाँ रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया