Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारएभरेष्ट बैंकको मासिक किस्ता नौ हजार ३६ रूपैयाँमा घर कर्जा

एभरेष्ट बैंकको मासिक किस्ता नौ हजार ३६ रूपैयाँमा घर कर्जा


काठमाडौं, पुस १०
एभरेष्ट बैंकले मध्यम वर्गीय तथा निम्न वर्गीय परिवारलाई लक्षित गर्दै होम लोन स्कीम सार्वजनिक गरेको छ । बैंकले ‘घरभाडाभन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नै घरको किस्ता बुझाऊँ’ भन्ने नारासहित न्यूनतम सरल मासिक किस्ता नौ हजार तीन सय ६३ रूपैयाँ मात्रको होम लोन ल्याएको हो ।

यस अभियानमा ग्राहकहरूले सर्भिस चार्जमा २५ प्रतिशत विशेष छुट तथा २५ वर्षसम्मका लागि ऋण पाउनेछन् । बैंकले सम्पूर्ण ग्राहकहरूलाई यस अभियानको लाभ उठाउँदै आफ्नौ घर बनाउने सपनालाई पूरा गर्न प्रेरित गरेको छ । ‘सर्भिस विथ स्माइल’ नारासहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्यनजर गर्दै आएको छ ।

एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरूको संख्या १० लाखभन्दा बढिरहेको छ जुन बैंकिङ क्षेत्रमा नै सबैभन्दा उच्च हो । हालै क्यामेलस रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । बैंकले हाल आफ्ना ९५ वटा शाखाहरू, २८ राजस्व संकलन काउन्टर र एक सय २२ एटीएम तथा बृहत् बाह्य सञ्जालमार्फत उत्कृष्ट सेवाहरू प्रदान गर्दै आएको बैंकले जनाएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया