Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएलजी इन्स्योरेन्स कम्पनीको ६० प्रतिशत हकप्रद सूचीकृत

एनएलजी इन्स्योरेन्स कम्पनीको ६० प्रतिशत हकप्रद सूचीकृत


काठमाडौँ ।
एनएलजी इन्स्योरेन्स कम्पनीको ६० प्रतितस हकप्रद सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिनटेड (नेप्से)ले दिएको जानकारीअनुसार कम्पनीको ६० प्रतिशतको अनुुपातमा ३८ लाख ४२ हजार चार सय ३७ दशमलव ५० कित्ता हकप्रद सेयर नियमित कारोबारको लागि सूचीकृत भएको हो ।

पछिल्लो पटक प्रतिकित्ता सात सय ४० रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको कम्पनीको बजार पुँजीकरण भने सात अर्ब ५८ करोड २४ लाख नौ हजार दुुई सय ६० रुपैयाँ पुुगेको छ । स्टकमा भने कम्पनीको एक अर्ब दुुई करोड ४६ लाख ४९ हजार नौ सय रुपैयाँबराबरको एक करोड दुई लाख ४६ हजार चार सय ९९ कित्ता सेयर सूचीकृत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया