Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंक र होटल व्यवसायी महासंघबीच सम्झौता

ग्लोबल आईएमई बैंक र होटल व्यवसायी महासंघबीच सम्झौता


काठमाडौँ ।
ग्लोबल आईएमई बैंक लिमिटेड र होटल व्यवसायी महासंघ नेपालबीच सम्झौता भएको छ । महासंघसँग आबद्ध नेपालभरमा रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूलाई जनचेतना बढाएर सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने एवं सरलताका साथ बैकिङ कारोबारको पहुँचभित्र ल्याउने विषयसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको बैकले जानकारी दिएको छ ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र महासंघका तर्फबाट अध्यक्ष हिराध्वज शाहले हस्ताक्षर गरेका छन् । महासंघसँग आबद्ध व्यवसायीहरूलाई आर्थिक कारोबारमा सघाउ पु-याउन तथा हाल कोभिड–१९ बाट प्रभावित भएको अवस्था समेतलाई दृष्टिगत गरी परियोजना सञ्चालनमा ल्याउन सहयोग पु-याउने हेतुले बैंक नियमानुसार कर्जा सुविधा प्रदान गर्ने सहमति भएको छ । सका साथै महासंघसँग आबद्ध व्यवसायीहरूको लागि बैंकले आवश्यकताअनुसार बैंकिङ एवं वित्तीय साक्षारतासम्बन्धी तालिम समेत प्रदान गर्ने व्यवस्था मिलाइनेभएको छ ।

यस्तो सुविधा लिनको लागि महासंघसँग आबद्ध सम्पूर्ण व्यवसायीहरूले आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । बैंकले आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाको अतिरिक्त अन्य सुविधाहरू प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ/संस्थाहरूसँग समन्वय गरी यस्ता योजनाहरू ल्याउने गरेको बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया