Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमई जनरल र ह्याम्स हस्पिटलबीच सम्झौता

आईएमई जनरल र ह्याम्स हस्पिटलबीच सम्झौता


काठमाडौं ।
आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी (ह्याम्स हस्पिटलबीच)बीच सम्झौता भएको छ । आईएमई जनरलबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमा लेखको सीमासम्म हयाम्स हस्पिटलबाट नगदरहित हस्पिटलाइजेसन सुविधा प्राप्त गर्न सकिने विषयमा दुवै संस्थाहरूले सम्झौता गरेका हुुन् ।

सम्झौतामा आईएमई जनरलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ह्याम्स हस्पिटलका तर्फबाट कार्यकारी निर्देशक डा. जोतिन्द्र शर्माले हस्ताक्षर गरेका हुन् । उक्त अवसरमा श्रेष्ठले ह्याम्स हस्पिटलले आफ्ना ग्राहकलाई आईएमई जनरल इन्स्योरेन्ससँग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सीमासम्म नगदरहित हस्पिटलाइजेसन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखेको जानकारी दिएका छन् ।

साथै उनले अस्पताल र अस्पतालसँग आबद्ध सदस्यलाई औपाधोपचारलगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आईएमई जनरल इन्स्योरेन्सबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आग्रह गरेका छन् ।

हाल चुक्ता पुँजी एक अर्ब आठ करोड १८ लाख ३६ हजार रुपैयाँ रहेको कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा २१ करोड दुई लाख ५५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १४ करोड ४५ लाख ६० हजार रुपैयाँ रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया