Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारआईएमई–पे र लुम्बिनीबीच सम्झौता

आईएमई–पे र लुम्बिनीबीच सम्झौता


काठमाडौं, पुस ११
आईएमई–पे र लुुम्बिनी विकास बैंकबीच सम्झौता भएको छ । सम्झौतामा ‘आइएमई पे’का तर्फबाट सञ्चालक खिलेन्द्र पौडेल र लुम्बिनी विकास बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले हस्ताक्षर गरेका हुुन् । सम्झौतापश्चात् लुम्बिनी विकास बैंक आईएमई–पेको बैंकिङ साझेदार हुुनेछ । सम्झौतापश्चात लुम्बिनी विकास बैंकका ग्राहकले खाताको पैसा आईएमईमा रकमान्तर गर्न सक्नेछन भने ‘आइएमई पे’मार्फत विभिन्न सेवाहरूको भुक्तानी गर्न सक्नेछन् ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया